CIVIL BANK
26 August 2018

सिभिल बैंकद्वारा बाल विकास समाजलाई दुई लाख प्रदान

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आज एक कार्यक्रमबीच बाल विकास समाजलाई रु दुई लाखको चेक हस्तान्तरण गरेको छ ।  उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई  संयूक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा बाल विकास समाजका संचालक समिति, सरकारी पदाधिकारीहरु तथा अन्य गन्यमान्य ब्यक्तिहरुको उपस्थिति थियो ।

22 August 2018

सिभिल बैंकको सबै शाखाहरु मार्फत अब अनलाईन फि पेमेन्ट गर्न सकिने

नेपालका विभिन्न स्थानहरुबाट वर्षेनी हजारौं विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाने गरेका छन् । तर ती विद्यार्थीहरुले विदेशमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न सहज नभएको परीप्रेक्ष्यमा अब सिभिल बैंकको कुनै पनि शाखा गई अनलाईन फि पेमेन्ट गर्न सक्ने छन् ।

24 July 2018

“सिभिल बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच सम्झौता”

सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गर्नुभयो ।
 

02 May 2018

सिभिल ट्याब बैंकिङको शुभारम्भ

सिभिल बैंकले ग्राहकहरुको सुविधाको लागि “घरमै बसि बसि बैंकिङ्ग खुशी खुशी” भन्ने नाराका साथ  सिभिल ट्याब बैंकिङ सेवा सुरु गरेको छ । काठमाडौंमा यहि वैशाख १९ गते आयोजित एक समारोह बिच, मुख्य अतिथि नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर श्री शिव राज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गर्नुभयो । सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ्ग सुविधाहरु घर–दैलोमै उपलब्ध गराउने उद्देश्य अनुरुप यो सेवाको सुरुवात गरिएको हो ।

25 May 2018

सिभिल बैंकको हकप्रद शेयर लिलाममा अधिक आवेदन

सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको चुक्तापूँजी रु. ८ अर्ब पुर्याउन बुझाएको पूँजी योजना बमोजिम, ४०% हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्री प्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केट लि.लाई नियुक्त गरेको थियो । जस मध्ये संस्थापक समूहको आवेदन नपरेको २९,९२,२१०.२५ कित्ता हकप्रद शेयर बिक्रिको लागि मिति २०७५/०२/०९ सम्म शिलबन्दी बोलपत्र माग गरीएकोमा, कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनिको आवेदन परेको बैंकले जनाएको छ ।

22 June 2018

सिभिल बैंकले स्मार्ट वेबसाईटको सुरुवात

सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज ढंगले सुचना प्राप्त गर्न स्मार्ट वेबसाईटको सुरुवात गरेको छ । सो स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले गर्नुभयो । यो स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिन्छ ।