CIVIL BANK

सिभिल बैंकको सबै शाखाहरु मार्फत अब अनलाईन फि पेमेन्ट गर्न सकिने

22 Aug, 2018

नेपालका विभिन्न स्थानहरुबाट वर्षेनी हजारौं विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाने गरेका छन् । तर ती विद्यार्थीहरुले विदेशमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न सहज नभएको परीप्रेक्ष्यमा अब सिभिल बैंकको कुनै पनि शाखा गई अनलाईन फि पेमेन्ट गर्न सक्ने छन् ।
विदेशको उच्च शिक्षा हासिल गर्न दिनुपर्ने अनिवार्य परिक्षाहरु SAT, GRE, GMAT, ACT, USMLE को रेजिस्ट्रेसन शुल्क र नेपालमै बसी अध्ययन गर्न सकिने अन्तराष्ट्रिय कोर्स ACCA लगायत अन्य अनलाईन कोर्सहरु कोे रेजिष्ट्रेसन तथा फि पनि अब विद्यार्थीहरुले सहजै रुपमा सिभिल बैंकका शाखाहरुवाट भुक्तानी गर्न सक्नेछन् ।

देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनको लागि अपरिहार्य उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुले अब सिभिल बैंकको ६८ वटा मध्ये ग्राहकहरुलाई पायक पर्ने कुनै पनि शाखा मार् त बिना झन्झट भुक्तानी गर्न सक्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनु भयो ।

सिभिल बैंकले हालसम्म २५०,००० भन्दा बढी ग्राहकहरु रहेको र रु.४० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु.३९ अर्व भन्दा बढी कर्जा परिचालन गरेको छ ।