CIVIL BANK

सिभिल बैंकको हकप्रद शेयर लिलाममा अधिक आवेदन

25 May, 2018

सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको चुक्तापूँजी रु. ८ अर्ब पुर्याउन बुझाएको पूँजी योजना बमोजिम, ४०% हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्री प्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केट लि.लाई नियुक्त गरेको थियो । जस मध्ये संस्थापक समूहको आवेदन नपरेको २९,९२,२१०.२५ कित्ता हकप्रद शेयर बिक्रिको लागि मिति २०७५/०२/०९ सम्म शिलबन्दी बोलपत्र माग गरीएकोमा, कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनिको आवेदन परेको बैंकले जनाएको छ ।

कुल ३२,२५,६२० कित्ता शेयरको लागी आवेदन परेकोमा अधिकतम बोली रु १५० र न्यूनतम बोली रु १०० परेको छ । यससंगै बैंकको चुक्ता पूँजी रु सात अर्ब पच्चिस करोड त्रियानब्बे लाख दश हजार तीन सय बैसठ्ठी पुग्ने कुरा बैंकले बताएको छ ।

आ.व. २०७४/७५ को चैत्र मसान्तसम्म २००,००० भन्दा बढी ग्राहकहरु रहेको, करीब रु.३७ अर्वको निक्षेप परिचालन गरी करीव रु.३६ अर्वभन्दा बढीको कर्जा लगानी गर्नुका साथै रु ३५ करोड खुद मुनाफा कमाउन सफल भएको सिभिल बैंकलेको कुल शाखा संख्या ६१ पुगेकोे पनि बैंकले जनाएको छ ।

सिभिल बैंकले संचित मुनाफाबाट बोनस शेयर वितरण गरी अपुग चुक्ता पूँजी पुर्याउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनु भयो ।