CIVIL BANK
02 May 2018

सिभिल ट्याब बैंकिङको शुभारम्भ

सिभिल बैंकले ग्राहकहरुको सुविधाको लागि “घरमै बसि बसि बैंकिङ्ग खुशी खुशी” भन्ने नाराका साथ  सिभिल ट्याब बैंकिङ सेवा सुरु गरेको छ । काठमाडौंमा यहि वैशाख १९ गते आयोजित एक समारोह बिच, मुख्य अतिथि नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर श्री शिव राज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गर्नुभयो । सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ्ग सुविधाहरु घर–दैलोमै उपलब्ध गराउने उद्देश्य अनुरुप यो सेवाको सुरुवात गरिएको हो ।

25 May 2018

सिभिल बैंकको हकप्रद शेयर लिलाममा अधिक आवेदन

सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको चुक्तापूँजी रु. ८ अर्ब पुर्याउन बुझाएको पूँजी योजना बमोजिम, ४०% हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्री प्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केट लि.लाई नियुक्त गरेको थियो । जस मध्ये संस्थापक समूहको आवेदन नपरेको २९,९२,२१०.२५ कित्ता हकप्रद शेयर बिक्रिको लागि मिति २०७५/०२/०९ सम्म शिलबन्दी बोलपत्र माग गरीएकोमा, कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनिको आवेदन परेको बैंकले जनाएको छ ।

22 June 2018

सिभिल बैंकले स्मार्ट वेबसाईटको सुरुवात

सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज ढंगले सुचना प्राप्त गर्न स्मार्ट वेबसाईटको सुरुवात गरेको छ । सो स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले गर्नुभयो । यो स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिन्छ ।