CIVIL BANK

“सिभिल बैंक लिमिटेड र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट बीच सम्झौता”

Publish Date: 11 Oct, 2018
Expiry Date: 11 Oct, 2018

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र सिभिल बैंक लि. बीच मिति २०७५ असोज २५ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार एन.बी.आईले सिभिल बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा सिभिल बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङ्ग र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत श्री संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।